मिथिला क्षेत्रमा मधुश्रावणी सुरु 



जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा मधुश्रावणी पर्व सुरु भएको छ । हरेक वर्ष झै यस वर्षपनि मिथिलाञ्चलमा मधुश्रावणी पर्व सुुरु भएको हो ।  विशेषगरी मैथिला समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवं सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् । 

प्रदेश २ को राजधानी जनकपुरधामलगायत तराई–मधेशका जिल्लाहरुमा आज (सोमबार) साँझ नव विवाहित महिलाहरु यस पर्वको लागि फूल टिप्न व्यस्त हुन्छन् । मधुश्रावणी पर्व मिथिलाका नवविवाहिता महिलाहरुका लागि निकै महत्वपूर्ण हुन्छ ।  

पञ्चमी तिथिबाट सुरु भएको यस पर्वमा आज माटोको वा गाईको गोबरको कलात्मक ढंगले नाग, नागिन मूर्ति बनाए। विधिपूर्वक पूजाअर्चना गरी यो पर्वको शुभारम्भ गरिन्छ । 

यस तिथिलाई मौना तिथि भन्ने गरिन्छ । यो पर्व मनाउनका लागि नवविहाहिताको ससुरालीबाट नयाँ वस्त्र, चामललगायतका खानेकुराका साथै १३ दिनसम्म जारी रहने पूजाका लागि आवश्यक पर्ने सामाग्री पठाउने परम्परा छ । मोटोको नाग–नागिन पनि कोसेलीका रुपमा पठाउने गरिन्छ । 

१३ दिनसम्म ससुरालीबाट आएका अन्न नै ग्रहण गर्नुपर्ने र नियम निष्ठाका साथ बस्नुपर्ने परम्परा छ । दाम्पत्य जीवनमा आउने कठिनाइको समाभान कसरी गर्ने, वैवाहिक जीवनलाई कसरी सुखमय बनाउने, प्रतिव्रता नारी कसरी बन्नेलगायतका विषयमा विभिन्न देवी देउताको जीवनमा आएका सुखद र दुखद  घटनाको सम्बन्धमा कथा वाचनको माध्यमबाट आफ्नो दाम्पत्य जीवनलाई सुखमय  बनाउने उद्देश्यले नवविवाहिताहर यो पर्व गर्छन् । 

प्रत्येक नवविवाहिताले गौंरीको पूजा गरी मधुश्रावणी पर्वको पूजाका कार्य विधिवत रुपमा सुरु गर्छन् । यस पर्वका विभिन्न कथाको सम्बनधमा जानकारी राख्ने महिलाले प्रत्येक दिन कम्तीमा एउटा कथा सुनाउने गर्छन्  । टोलभरीका महिला एक स्थानमा जम्मा भई ध्यानपूर्वक कथा श्रवण गर्ने र पूजाको अन्त्यमा धार्मिक एवं पर्वसँग जोडिएका गीत गाएर सो दिनको पूजा विसर्जन गरिन्छ ।

पहिलो दिन नाग–नागिन देवीदेउताको पूजा गरी शुभारम्भ गरेपछि दोस्रो दिन महादेवको मानस पुत्री बिहुलाको तथा, बिसहराको कथा, मङगला गौंरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समन्द्र मन्थन कथाका बारेमा जानकारी गराईन्छ ।  

त्यसपछि कक्रिम रुपमा सतीको कथा, पतिव्रताको कथा, महादेवको परिवारको कर्था, गंगाकी कथा, गौंरी अर्थाते पावतीको जन्म, तपस्या र विवाह, गौंरीकी माता मैनाकी मोहभंगको सम्बन्धमा नवविवनहितनलाई जानकारी गराइन्छ । 

त्यसैगरी कात्तिक र गणेशको जन्म, सन्भ्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याकी कथा, बाल वसन्त, गोसाउनिकको कथा, राजा किरकको कथा र गणेशद्वारा सोहागको मन्थन । वितरणको सम्बन्धमा जानकारी गराइन्छ । 

मधुश्रावणी पर्वको अन्तिम दिन महिलालाई खोज खुवाउने परम्परा छ । यो भोजभतेर नवविवाहिताको ससुरालीको पक्षबाट गर्ने गरिन्छ । 

 

प्रतिक्रिया दिनुहोस्