समुद्रको छालले घाँटी भाँचिएर एक जनाकाे मृत्यु



काठमाडौं : अमेरिकाको उत्तर क्यारोलाइनाको समुद्री किनारमा लहरले लडाएर बालुवामा पछारिदिएपछि घाँटी भाँचिएर एक व्यक्तिको मृत्यु भएको छ। ली डिंगल नामक ती व्यक्तिले आके आइल्यान्डको तीरमा बिहीवार आफ्ना केटाकेटीसँग खेलिरहेको बेलामा लहरले उनलाई लडाएको थियो। पत्नी श्यानन डिंगलले यसको जानकारी दिएकी हुन्। 

लहर निकै जोडले आएपछि उनी लडेर घाँटी भाँचियो। त्यसले उनको गर्दन निकै सुन्नियो र उनको मस्तिष्क लामो समयसम्म अक्सिजनबाट वञ्चित भयो र उनी बाँच्न सकेनन्। उनलाई छोराछोरी तथा अन्य मानिसले बचाउन खोजेको भए पनि नसकेको पत्नीले बताइन्। 

डिंगल उत्तर क्यारोलाइनाको रालेमा एटलास इन्जिनीयरिङका अध्यक्ष थिए। उनलाई उनको मृत्युको दुई हप्ताअघि मात्र अध्यक्षमा बढुवा गरिएको कम्पनीका सिनियर पार्टनर टम काल्डवेलले बताए।

प्रतिक्रिया दिनुहोस्