हत्या गरिएको टाउको लिएर प्रहरी चौकी पुगेपछि…



काठमाडौं : भारतको तेलंगानामा दुई युवकले एक व्यक्तिको हत्या गरेर उनको टाउको लिएर प्रहरी चौकी गएका छन्। उनीहरूले प्रहरीसमक्ष समर्पण गरेका छन्। यो भयानक घटना शनिवार बेलुका नाल्गोन्डाको नाम्पाल्ली मण्डलमा भएको हो।

नाम्पाल्ली प्रहरी चौकीमा तैनाथ प्रहरीहरू मोहम्मद इरफान र मोहम्मद गूसले एक हातमा टाउको अनि अर्को हातमा हँसिया देखेर स्तब्ध भए। दुईजनाले अपराध सकारे अनि आत्मसमर्पण गरे।टाउको गिँडिएका व्यक्तिको नाम सद्दाम हो र उनी ट्याम्पु चलाउँथे। उनलाई दुईजनाले नरिवल काट्ने हँसियाले गिँडेका थिए। 

आफूले बहिनी मानेकी एक महिलालाई सद्दामले केही वर्षअघि हैदराबाद लगेको अनि उनको मृत्यु त्यहीँ भएकोले उनीहरूले प्रतिशोधस्वरूप यो हत्या गरेका बताएका छन्। ती महिलाको शंकास्पद अवस्थामा मृत्यु भएकाले यी दुईजनाले सद्दामलाई त्यस हत्याको जिम्मेवार ठानेका थिए।

प्रतिक्रिया दिनुहोस्