सन्नी र करीनाको छोराको अनुहार मिलेपछि…



काठमाडाैं : बलिउड अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआ अहिले निकै चर्चामा आएका छन्। दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्लाहरु चल्न थालेका छन्। यस विषयमा हालै सनी लियोनीसँग प्रश्न गर्दा उनले निकै शानदार जवाफ दिएकी छिन्। उनले भनिन्, तैमूर निकै क्यूट छ र मेरो छोरा (नोआ) पनि निकै सुन्दर छ।

बलिउडमा सनीको यो बयान निकै भाइरल भएको छ। र सामाजिक सञ्जालमा एक तस्विर निकै भाइरल भइरहेको छ। तस्विरमा सनी लियोनले आफ्नो छोरा बोकेकी छिन्। यो तस्विरको खास कुरा के छ भने, तस्विरमा नोआ हूबहू तैमूर अलीजस्तै देखिएका छन्।

sunny leony with his sonको लागि तस्बिर परिणाम

फोटो देखेर करेक कोही कनफ्यूज हुन्छन् कि, बच्चा सनी लियोनको छोराको हो कि तैमूर हो भनेर। यस तस्विर हेरेर कतिले प्श्न गरेका छन्, 'के सनीले तैमूरलाई बोकेकी हुन् ?' र कतिले भनेका छन्, 'यो जुनियर तैमूर हो।' यसैबीच सनीले भने दुबै बच्चाको तारिफ गरिसकेकी छिन्। सनी लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनिन्। तर उनी केही वेब सीरीजमा देखिँदैछिन्।

प्रतिक्रिया दिनुहोस्