तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना ,२९ जना घाइते



महोत्तरी : महोत्तरीको बर्दिबासमा तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । भारतीय तिर्थालुहरु बोकेर गुडिरहेको ना ४ च १०९९ नम्बरको  भ्यान महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरमा सोमबार  दुर्घटना भएको २ नम्वर प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी ज्ञानकुमार महत्तोले जानकारी दिए ।

जिपमा सवार सबै यात्रु भारतका दुई गाउँ सुरसन्ड सघारी र बखरीका बासिन्दा भएको बताइएको छ । द्रुत गतिमा गुडिरहेको जिप पूर्व–पश्चिम राजमार्ग्स्थित टुटेश्वर चोक नजिकै सडकबाट चिप्लिएको थियो ।घाइते सबैजनाको अहिले स्थानिय अस्पतालमा उपचार भइरहेको महत्तोले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्