जनकपुर : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव समूहको अहिलेको गतिविधि अस्पष्ट रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विप्लव समूहलाई नबुझी व्यवहार गरिरहेको बताए ।
विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सकिने बताए ।
अहिलेको कम्यनिष्ट सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै उनले आफूहरु जनसंघर्षको पक्षमा रहेको बताए ।
अहिलेको संविधानलाई अपाङ्गको संज्ञा दिँदै उनले संघीयता पनि त्यस्तै रहेको बताए । मुलुकमा संघीयता लागू गरे पनि प्रदेशहरु स्वायत्त नबनाएको नेता बैद्यले बताए ।