ट्रोलको शिकारमा एशियाकी सेक्सी सुन्दरी निया शर्मा (फोटोफिचर)



काठमाडाैं : एशियाकी सेक्सी सुपरस्टार्सको लिस्टमा पर्न सफल निया शर्मा फेरि एक पटक ट्रोलको शिकार भएकी छन्। उनको ट्रोल शिकार भएको यो पहिलो पटक भने होइन। उनी कयौंपटक आफ्नो पहिरन तथा स्टाइलको कारण नराम्रोसँग ट्रोलको शिकार भएकी छन्। यसपटक उनी एक तस्विरको कारण ट्रोलको शिकार भएकी हुन्।

नियाले केही तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। तस्विरमा उनको पेटको आकार बाहिर निस्किएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नियालाई सोधेका छन्, 'के तपाईं प्रेगनेन्ट हुनुहुन्छ ?' 'कृपया तपाईं डाइट ठीकसँग गर्नुहोला' यस्ता प्रकारका कयौं कमेन्ट उनको तस्विरमा आएको छ। जसले जति नै ट्रोल गरे पनि नियाले भने खासै वास्ता गर्दिनन्।

प्रतिक्रिया दिनुहोस्