बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण



जनकपुर : सेफ द माइन्ड र सामर्थ्य नेपालले धनुषाको जनकनन्दनी गाउँपालिकाका बाढी पीडितलाई राहत वितरण गरेका छन्।

चितवनमा रहेका यी दुवै संस्थाले जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ इनरुवा टोलमा रहेका दलित मुसहर बस्तीमा करिब १०० बाढी पीडित परिवारलाई तीन लाख बराबरको राहत सामग्री वितरण गरे।

संस्थाले पीडितहरूलाई चामल, चिउरा, मुरही, सेनेटरी प्याड र करिब डेढ लाख बराबरको लत्ता कपडा वितरण गरेको हो। भ्रष्टाचार विरुद्धको अभियान्ता केदार आचार्य लगायतको पहलमा बाढी पीडितलाई राहत वितरण गरिएको हो।

सामर्थ्य नेपाल अभियानका अभियान्ता प्रकाश थापाले मधेशमा पीडा हुँदा सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने मान्यताले राहत वितरण गरेको बताए।

त्यस्तै सेभ द माइन्डका अभियान्ता पुजा भुषालले विपदको घडिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन। भ्रष्टाचार विरुद्धको अभियान्ता आचार्यले समाजसेवामा पनि भ्रष्टाचार मौलाएको भन्दै यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्