फेसएपले भेट्टायो १८ वर्षअघि अपहरणमा परेका बालक



बेइजिङ : रुसी फेसएप अहिले विश्वभर चर्चामा छ। मान्छेहरू यो एपको प्रयोग गरेर आफ्नो वृद्ध अवस्थाको फोटो सामाजिक सञ्जालमा राखिरहेका छन्। तर, यही एपको सहायताबाट चीनमा एक परिवारले आफ्नो १८ वर्ष अगाडि अपहरण भएको बच्चा फेला पारेको छ।

उनको नाम यू विफेंग हो। हाल २१ वर्षका विफेंग कलेज पढ्छन्। तीन वर्षका हुँदा विफेंगको अपहरण भएको थियो। खास गरी प्रहरीलाई यो जुक्ति आयो कि हराएका बच्चाहरूको पुराना फोटो फेसएपबाट कन्भर्ट गर्ने।

र, वर्तमान अवस्थामा बच्चा कस्तो देखिन्छन्, योसँगै प्रहरीले विफेंगको फोटो फेसएपमा कन्भर्ट गरेर उसलाई खोज्न सुरु गरेको थियो। प्रहरीका अनुसार विफेंग २००१ मे ६ मा कन्स्ट्रक्सन साइटबाट हराएका थिए। त्यसबेला विफेंगका बुबाले सुपरभाइजरको काम गर्थे।

जब छोरा भेटियो विफेंगका बुबाले आफ्नो छोरा पाल्ने दम्पतीलाई धन्यवाद दिएका छन्। सफ्टवेयरको सहयोगबाट करिब एक सयजना मान्छे छानियो।

र, फोटोसँग मिलाएर विफेंगलाई भेटाउन सफल भएको प्रहरीले बतायो। प्रहरी अधिकारी झोङ झोन्हाई भन्छन्, ‘जब विफेंग भेटिए तब उनले आफ्नो अपहरण भएको कुरा मानेका थिएनन्। तर डिएनए परीक्षणबाट सबै छर्लङ्ग भयो।’

प्रतिक्रिया दिनुहोस्