२० वर्षपछि हत्यारा पक्राउ



पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका–११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २०५६ साल माघ ४ गते साँझ हङकङ आइडीको विषयमा वादविवाद हुँदा धारिलो हतियार प्रहारबाट घाइते भएका गुरुङको भोलिपल्ट उपचारका क्रममा निधन भएको थियो।

दुई वर्षसम्म कास्की जिल्लाका विभिन्न स्थान र त्यसपछि भारतमा लुकिछिपी बसेका गुरुङलाई बाबुको मृत्युपश्चात् घान्द्रुकस्थित उनकै निवासबाट यही साउन ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्