images

खोलाले बाटो खोज्दा...

द नेपालटप | प्रकाशित: २०७६-४-७ गते
खोलाले बाटो खोज्दा...

काठमाडौं : गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग-यो । 

त्यही दिन बल्खु खोलामा आएको बाढीले वरपरका बस्ती जलमग्न भए । 

खसीबजारस्थित चक्रपथको पुलपारि शान्तिनगरमा रहेको मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग, किरियापुत्री घर, जनपथ मावि, अखण्ड विद्याश्रमलगायत भवनमा पाँच फिटसम्म पानी जम्योे । चक्रपथभित्र खसीबजारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालय, काठमाडौँ महानगरपालिका–१४ को वडा कार्यालयलगायत विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयमा बाढी पस्यो । यी निकायका कार्यालयहरू सबै खोलाको आडैमा छन् । महानगरीय प्रहरी प्रभाग कार्यालयको त जग नै खोलामाथि देखिन्छ । 

खोला खुम्चिँदा पस्यो बाढी
प्रधानाध्यापक लामिछाने यही विद्यालयमा २०५१ सालदेखि कार्यरत हुन् । सुरुमा शिक्षकका रूपमा अध्यापन सुरु गरेका उनी प्रधानाध्यापक हुँदासम्म यस विद्यालयको शैक्षिक गतिविधिको लामो इतिहासको साक्षी छन् । प्रधानाध्यापक लामिछाने बल्खु खोलामाथि मानिसले गरेको अत्याचारको साक्षी पनि हुन् । 

बल्खु खोलामा २०५१ सालमा पनि ठूलो बाढी आएको उनी स्मरण गर्छन् । त्यतिबेला खोलाको परपरसम्म पनि बाक्लो बस्ती थिएन । त्यसकारण बाढीले ठूलो ठाउँ ओगटे पनि अहिलेजस्तो ठूलो आर्थिक नोक्सानी भएको थिएन तर अहिले खोला बग्ने पहिलेको बाटो नै नचिनिने गरी मानिसले घर बसाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव

काठमाडौं : देश विकासका लागि नागरिक स्वस्थ हुनुपर्छ । भनिन्छ, स्वस्थ जीवन नै स्वस्थ मस्तिष्कको उपज हो । यस्तो महत्त्..

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

काठमाडौं : सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै..

संविधान दिवसमा मोदी प्रमुख अतिथि !

संविधान दिवसमा मोदी प्रमुख अतिथि !

काठमाडौं :  ३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न..

सामूहिक बलात्कार मुद्दाप्रति अदालत कमजोर, आठौँपटक पेसी स्थगित

सामूहिक बलात्कार मुद्दाप्रति अदालत कमजोर, आठौँपटक पेसी स्थगित

काठमाडौं : गौरीगंगा नगरपालिका–११ की युवती माया विकको सामूहिक बलात्कार गरी हत्या गरेकोसम्बन्धी मुद्दाको पेसी आ..

काठमाडौंमा डेंगु फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

काठमाडौंमा डेंगु फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

काठमाडौं : साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगु संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोज..

प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्

प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट नगरी स्वदेश फर्क..