कृषि विकास बैंककाे प्रमुखमा उपाध्याय आएपछि देखिए सुधारका संकेतहरु



काठमाडौं : कृषि विकास बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आएपछि सुधारका संकेतहरु देखापरेको छन् । प्रमुख कार्यकारी अधिकृतले बैंकमा आउँदा पेश गरेको व्यावसायिक योजना, बैंकका नीति, कार्यक्रम र उद्देश्य तथा नियमनकारी निकायका निर्देशनलाई अक्षरश पालना गर्दै सात महिनाको अवधिमा सुधारका संकेतहरु देखा परेका हुन् । 

बैंकले सुधारका साथै प्रगति समेत गर्दा बैंक भित्रका कर्मचारी, शेयरहोल्डर, लगानकर्ता लगायत सरोकारवाला पक्ष उत्साहित भएका छन् । सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सैजुवाल र सिईओ  उपाध्यायले पूर्व उप–महाप्रबन्धक समेत भइ लामो कार्यकाल बैंकमा सेवा गरेका थिए । 

बैंकका समस्या, चुनौति, संभावना र अवसरको ज्ञान भएको हुँदा उनीहरुको सहकार्य र संयोजनकारी भूमिकाका कारण बैंकले छोटो अवधिमा सुधारका काम गर्न सकेको बताइन्छ । 

बैंक अनुभवी संचालक समितिका अध्यक्ष र सिईओले सरल, लगनशील र नेतृत्वदायी भूमिकामा काम गर्न सक्षम व्यक्तिहरुलाई उप–महाप्रवन्धक एवं विभागीय प्रमुखको जिम्मेवारी दिनुका साथै कर्जा अनुगमन तथा असूली विभागमा समेत बैंकको फिल्ड व्यवसाय र असूलीमा लामो अनुभव भएका व्यक्ति ध्रुवचन्द्र गौतमलाई जिम्मेवारी दिए पश्चात बैंकले “सघन असुली कार्यक्रम” सञ्चालन गरेको थियो । 

जसले गर्दा बैंकको ईतिहासमै निष्क्रिय कर्जालाई सबैभन्दा कम अनुपातमा सिमित राखी नाफा हासिल गरेको बैंक भित्रका कर्मचारीवृत्तमा चर्चा चलेको छ ।  नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको कर्जाको पोर्टफोलियो अनुपातलाई अनुसरण गर्ने एक मात्र बैंकको रुपमा आफुलाई स्थापित गर्दै बैंकले हाल आफ्ना सेवा जस्तैः एटिएम, एसएमएस, मोवाईल बैंकिङ्ग, लकर, शैक्षिक कर्जा, रेमिट, एलसी, ग्यारेन्टि लगायत कार्ड व्यवसायसँगै कोष तथा गैह्रकोषमा आधारित कारोबारलाई प्रविधिमैत्री बनाई सरल, भरपर्दाे र सहज बनाएको छ ।

शहरमा संकलन गरेको पुँजी, ज्ञान, प्रविधि, कर्जा र आर्थिक तथा प्राविधिक सहयोग ग्रामिणतह सम्म पुर्याउँदै आफनो सेवालाई विविधिकरण गर्न बैंक लागिपरेको छ ।  बैंकले आफ्नो नियमित कार्यक्रमका साथै नेपाल सरकारको सहयोगमा सञ्चालित विभिन्न सेवामुलक कार्यक्रमहरुः लघुउद्यम विकास तालिम, सामाजिक तथा सामुदायिक कार्यक्रम, लद्यु वीमा कार्यक्रम, लद्यु घरेलु तथा साना उद्योग कर्जा कार्यक्रम एवं आफ्ना ग्राहकलाई आर्थिक, प्राविधिक ज्ञान र शिप समेतको सहयोग गर्दै आएको छ । 

बैंकका अध्यक्ष र सिईओले बैंकको प्रगतिमा उल्लेख्य भूमिका निर्वाह गर्ने नेतृत्व तहका कर्मचारीलाई उच्च मुल्यांकन गर्दै धन्यवाद समेत दिएका छन् । खासगरी ट्रेजरीबाट गरेको नाफा, कृषि, कर्जा लगानी र असूली विभागले गरेको प्रगतिमा सम्बन्धित विभागका विभागीय प्रमुखसँग उच्च व्यवस्थापन सन्तुष्ट रहेको छ ।

आगामी आर्थिक वर्षमा पनि बैंकले आप्mना शाखा कार्यालयहरु मार्फत सेवा तथा सुविधालाई विस्तार गर्ने, कारोबारहरुलाई ऐन, नियम तथा कानुन भित्र रहेर प्रविधिमैत्री बनाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्