नक्कली नोटसहित एक जना पक्राउ



धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो।

एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट साट्न लागेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ। चौधरीको साथबाट एक हजारका थप ४ वटासहित २१ वटा नक्कलीनोट बरामदगरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्