अब जतिबेला पनि मदिरा सेवन गर्न नपाइने, नगरपालिकाले ताेक्याे समय



जाजरकोट : जिल्लाको नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने समय तोकेको छ । मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नगरपालिकाले सेवन गर्ने समय तोकेको हो । 

नगरपालिकाका १३ नमूना बस्तीमा, ६ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ । 

नगरपालिकाको पाँचौँ नगरसभाबाट नमूना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि लागू हुने गरी कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने निर्णय गरिएको छ ।

 

त्यसैगरी मङ्सिर १ देखि फागुन ३० गतेसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म सेवन गर्न पाइने निर्णय भएको छ । त्यस्तै चैत १ गतेदेखि २०७७ असार मसान्तसम्म ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने उल्लेख छ । नगरपालिकाको यो निर्णयमा कस्तो खालको मदिरा सेवन गर्न पाइने भन्ने कुरा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्