तत्कालीन एलडीओसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी (एलडीओ) पेशलकुमार पोखरेलसमेत ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले पोखरेलसहित लेखा अधिकृत रामकुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सबइन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डिसी, सचिव टेकबहादुर डाँगी ९क्षेत्री० विरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै आयोगले नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर घर्ती, निमित्त प्रधानाध्यापक खलबहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी विकविरुद्धसमेत अभियोगपत्र दर्ता गरेको हो।

सल्यानको साविक काप्रेचौर गाविस–७ घुइयावारीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन निर्माणका क्रममा मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्