सप्तरीको राजविराजमा युवतीमाथि सामूहिक बलात्कार



राजविराज : सप्तरीको राजविराज नगरपालिका ९ मलेठमा एक युवतीको सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । 

युवतीलाई बालात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय २४ वर्षीय रमनलाल दास र २२ वर्षीय रोसनकुमार यादवललाई पक्राउ गरको हो। उनीहरुले २० वर्षीय ती युवतीलाई ललाईफकाई गरेर बुधबार बिहान ४ बजे स्थानीय मन्दिरको पछाडी लगेर पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।

युवतीले उक्त घटना लगत्तै परिवारमा बताएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए। प्रहरीले आरोपीहरु रमन र रोशनलाई बुधबार नै पक्राउ गरेर बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

पीडित युवतीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षणको प्रारम्भिक रिर्पोट अनुसार उनको जबरजस्ती करणी भएको पुष्टि भएको रिमालले जानकारी दिए। स्वास्थ्य जाँचपछि अहिले युवती आफन्तको घरमा गएकी छन्। कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्