गूगलको एन्ड्रोइडलाई टक्कर दिने ‘हार्मोनी ओएस’ सार्वजनिक



काठमाडौं : हुवावे टेक्नोलोजीले ‘हार्मोनी ओएस’ नामक अपरेटिङ प्रणाली सार्वजनिक गरेको छ। हुवावले हामोनी ओएस सार्वजनिक गरेसँगै यसले गूगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । यसका साथै अपरेटिङ सिस्टमका लागि अमेरिकी प्रविधिमा रहेको निर्भरता पनि घट्ने बताइएको छ।

हार्मोनी ओएस सार्वजनिक गर्दै हुवावेका कन्जुमर बिजनेसतर्फका सीईओ रिचडए यूले यो अपरेटिङ सिस्टममा स्मार्ट स्पिकर भएको बताए। सीईओ यूका अनुसार यो सेन्सरमैत्री पनि रहेको छ।  त्यसैले यो प्रणाली विभिन्न डिभाइसहरुमा प्रयोग गर्न सकिने पनि उनले बताए। यो अपरेटिङ सिस्टम स्मार्टफोनदेखि स्मार्ट स्पिकर र सेन्सरसम्म प्रयोग गर्न मिल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्