नेविसंघका कार्यकर्ताद्वारा वीरगन्ज महानगरपालिकाकी उपमेयरको कार्यकक्षमा तोडफोड 



वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीको कार्यकक्षमा आइतबार विधार्थी नेताहरुको एक समुहले तोडफोड गरेको छ । उपमेयर कार्कीकै दल नेपाल विद्यार्थी संघका केही कार्यकर्ताहरुले उपमेयर कार्कीको कक्षमा तोडफोड गरेका हुन् । 

तोडफोडबाट उपमेयर कार्की बस्ने टेबुलको सिसा फुटेका छन् भने टेलिफोन सेट र फर्निचरमा पनि क्षति पुगेको छ । महानगरपालिकाले प्रदान गर्ने छात्रवृतिमा चलखेल भएको भन्दै त्यस बारेमा जानकारी लिन महानगरपालिकाको कार्यालयमा पुगेका नेविसंघका ७÷८ जना कार्यकर्ताहरुले विवाद गरि उपमेयरको कार्यकक्षमा तोडफोड गरेका छन् । 

उपमेयर कार्कीले पनि महानगरपालिकाले प्रदान गर्ने छात्रवृतीको विषयमा आफनो कार्यकक्षमा छलफल भइरहेकै बेला तोडफोड गरिएको बताए ।

विद्यार्थीहरुलाई दिइने छात्रवृत्तीबारे महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णसँग छलफल गरिरहेकै बेला आफनो कार्यकक्षमा जबरजस्ती छिरेर केही विद्यार्थीहरुले तोडफोड गरेको उनले बताइन् । 

 

प्रतिक्रिया दिनुहोस्