जग्गा विवादमा कुटिएकी महिला ४० दिनदेखि बेहोस



धनगढी : जग्गाको साँधरसिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी एक महिला ४० दिनदेखि बेहोस छिन्। गत असार १७ गते  कैलालीको लम्कीचुहा नगरपालिका, गप्काकी २५ वर्षीया रामजानकी चौधरीमाथि जग्गाको सिमाना मिचेको आरोप लगाउँदै छिमेकीले निर्घात कुटपिट गरेका थिए।

कुटपिटपछि बेहोस भएकी रामजानकीलाई उनका श्रीमानले घरमै राखेका थिए। उनका श्रीमानले आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि अस्पताल लैजान नसकेको बताए।

४० दिनसम्म घरमै बेहोस अवस्थामा रहेकी रामजानकीलाई आइतबार छिमेकी मनमाया तामाङ र टंक देउवाको पहलमा उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याइएको छ। 

प्रतिक्रिया दिनुहोस्