बोलमब आएका युवकको सुन्दरीजलमा डुबेर मृत्यु 



काठमाडौं : पौडी खेल्ने क्रममा सुन्दरीजलमा एक युवकको मृत्यु भएको छ । बोलबम मनाउनले क्रममा सुन्दरीजल पुगेका रामेछाप घर भएका तेन्जिङ तामाङको मृत्यु भएको हो । 

प्रहरीका अनुसार साथीहरुसँग समूहमा तेन्जिङ सुन्दरीजल पुगेका थिए । 

महनगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायव निरीक्षक अर्जुन गिरीले आइतबार राति ११ः३० बजे हामीलाई खबर आएको थियो । खोजी गर्ने क्रममा पौडी खेलेको ठाउँबाट करिब २ मिटर तल तेन्जिङको शव फेला परेको हो । 

साउन महिनाको अन्तिम सोमबारको अघिल्लो दिन भएकाले सुन्दरीजलमा आइतबार भक्तजनको ठूलो घुइँचो थियो । 

 

प्रतिक्रिया दिनुहोस्