दस हजार घूससहित दाङबाट शिक्षक पक्राउ



काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दस हजार घूससहित एक शिक्षकलाई  पक्राउ गरेको छ। अख्तियारको नेपालगञ्जस्थित टोलीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ को माध्यमिक विद्यालय रझेनाको उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई पक्राउ गरेको हो।

विद्यालयमा सञ्चालन भइरहेको सिभिल इञ्जिनियरिङ प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै उनले एक विद्यार्थीबाट १० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो। उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्