दुई इन्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 



वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका २ जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

दुवै जनाविरुद्ध ५ लाख ७१ हजार २ सय ६९ रुपैयाँ बिगो, ३ वर्षसम्म कैद र ५० हजार जरिवाना मागदाबी गरेको छ। कलैया उपमहानगरपालिका–२१ भोडहादेखि तपी माध्यमिक विद्यालयदेखि मदिलवासम्मको सडक ढलान गर्ने क्रममा अनियमितता गरेको पुष्टि भएको भन्दै अख्तियारले दुवै जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो।

प्रतिक्रिया दिनुहोस्