आगामी तीन दिनको मौसम : पहाडी क्षेत्रमा भारी वर्षा हुने



काठमाडौं : देशका पूर्वी पहाडी र पश्चिमी तराईका भूभागमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको र मनसुनको न्यूनचापिय रेखा उत्तरपश्चिमतिर सर्ने क्रममा छ ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।

बुधबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ । पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ । देशको पूर्वी पहाडी र पश्चिमी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम 

साउन २९ गते (बुधबार)

दिउँसो :  देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पहाडि भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

साउन ३० गते (बिहीबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा मध्य भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

साउन ३१ गते (शुक्रबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा मध्य भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभरी सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व तथा मध्यका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्व तथा मध्य भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्