घट्योे सुनको मूल्य



काठमाडौं : लगातार सुनको भाउ बढिरहेको अवस्थामा आज (बुधबार) सुनको भाउ ओरालो लागेको छ । सुनको मूल्य बुधबार तोलामा ७ सय रुपैयाँले घटेको छ । 

आज सुन तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।

यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्