सुदूपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा



काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले रक्षा बन्धनको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । 

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

बैठकको निर्णय अनुसार रक्षा बन्धन र जनै पूर्णिमाको अबसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचीव शिव ओलिले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्