जिल्ला प्रहरी कार्यालयबाटै थुनुवा फरार 



जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दाका एक अभियुक्त फरार भएको छ । बिहीबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको अभियुक्त फरार भएका हुन् । 

फरार हुनेमा सिरहाका २० वर्षीय राममनी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ । 

जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरीको नियन्त्रणमा लिएको थियो । 

प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएको यादव मौका छोपी फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले द नेपाल टपलाई जानकारी दिए । 

फरार यादवको खोजी कार्य तीव्र पारिएको खनालले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्