नेकपा सचेतकको घरमा बम विस्फोट गर्नेलाई कारबाही गर्छौ : मुख्यमन्त्री



बुटवल ः प्रदेश ५ को नेकपा प्रदेशसभा प्रमुख सचेतक भूमिश्व ढकालको घरमा बम विस्फोट गराउने समूहको पहिचान गरि कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । 

मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख सचेतक ढकाल निवासमा बम विस्फोट गराउने समूहको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

बम विस्फोटपछि सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद् कमला विश्वकर्मा, प्रजिअ अर्जुनप्रसाद पोखरेलसहित घटनास्थल पुगेका मुख्यमन्त्री पोखरेलले घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।

विस्फोटपछि ढकाल परिवार त्रसित बनेका छन् ।

कानुनमन्त्री कुलप्रसाद केसीले घटनामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउने बताए । उनले आपराधिक गतिविधि असैह्य भएको भन्दै घटनामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याई छाड्ने बताए । 

बिहीबार राति ढकाल घरमा नभएको बेला विस्फोट भएको थियो । बम विस्फोटबाछ सचेतक ढकाल सुत्ने कोठा, उनका बुवा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने ल १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहरा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्