सप्तकोशी नदीले बगाउँदा ११ वर्षीय बालकको मृत्यु



सुनसरी : सुनसरीमा सप्तकोशी नदीले बगाएर ११ वर्षीय बालकको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का शिवराज राईका ११ वर्षीय छोरा मेदिम राईको सप्तकोशी नदीले बगाएर मृत्यु भएको हो।

शुक्रबार दिउँसो पौने १ बजे मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो।

घटनास्थलदेखि करिब ८०० मिटर तल नदीले बालकलाई बगाउँदै गरेको देखि सो स्थानमा माछा मार्ने ब्यक्तिहरूले उद्धार गर्दा बालकको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्