विराटनगरका होटलबाट शंकास्पद क्रियाकलाप गर्ने ५६ जना पक्राउ



विराटनगर : प्रहरीले होटल, लज तथा गेष्टहाउसमा छापा मारि ५६ जनालाई नियन्त्रणमा लिएको छ। शंकास्पद क्रियाकलाप गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले विराटनगरका विभिन्न होटल, लज तथा गेष्टहाउसहरूको आकस्मिक चेकजाँच गर्ने क्रममा २७ महिला र २९ पुरूष गरी ५६ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ गरिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउँजुले बताए। शुक्रबार दिउँसो प्रहरीले विराटनगरका होटलमा छापा मारेको थियो।

प्रतिक्रिया दिनुहोस्