ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु



बुटवल : दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। लमही नगरपालिका–९ , रिहारस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा१प ११३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना३च ३४०३ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५ धर्ना बस्ने ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादोका ४५ वर्षीय रमेश बस्नेत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्