१५ केजी चाँदीसहित भारतीय नागरिक पक्राउ



काठमाडौं : धनुषाको औरही गाउँपालिका–२ देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत–२ भेलवाचोक का २८ वर्षीय बन्धुकुमार सिंह रहेका छन्।

बरामद गरिएको चाँदीको बजारमुल्य १० लाख ९३ हजार १ सय १० रुपैयाँ मुल्यको रहेको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धानका लागि उनलाई बरामद भएको चाँदीसहित भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्