श्रीमतीलाई कुकुरसँग सम्भोग गर्न लगाउने पापी लोग्ने !



एजेन्सी : पति–पत्नीको नाता विश्वासमा टिकेको हुन्छ। यो सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक अर्कामा माया र सम्मान हो। तर भारतमा भने एकजना पुरुषले आफ्नी पत्नीलाई सर्मनाक काममा लगाउने गरेको खुलासा भएको छ। कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे।

यतिमात्र होइन उनले पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे। पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए। कुकुरसँग सेक्स नगरेमा तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिन्थे उनले।

पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई पक्राउ समेत गर्यो। उनीविरुद्ध अदालतमा मुद्दा दायर गरियो। अदालतले ती पुरुषविरुद्ध कठोर सजाय गरेको छ। उनलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको छ।

प्रतिक्रिया दिनुहोस्