जनकपुरमा ‘डमी’ ट्राफिक प्रहरी आजको आवश्यकता 



अजित मिश्र

डमी प्रहरी ! यो कुनै नौलो शब्द होइन । प्रहरीको ड्रेसमा प्रहरीले गर्ने कार्यहरु गर्नेलाई नै डमी प्रहरी भनिन्छ ।

टाढाबाट हेर्दा ठ्याकै प्रहरी जस्तै देखिने तर नजिक आएर कुरा गर्दा सोधखोज गर्दा डमी हो भनेर चिनिने नै हो ‘डम्मी’ । 

डम्मी ट्रफिक प्रहरीको प्रयोग थुप्रै सहरमा गरेको देखिन्छ । ट्राफिक चेतनाको लागि नयाँ कार्यक्रमस्वरुप डमी प्रहरी बाटोमा राखिएको हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले पनि सडक सचेतना कार्यक्रम अन्तर्गत डमी प्रहरी राखेर ट्राफिक चेतना दिनुपर्छ भन्दै जनकपुरको भानु चौकमा चर्को घाममा डिउटी बसी रहेका एक जय प्रकाश मण्डल नाम गरेका ट्राफिक असईले आफ्ना प्रहरीहरुसँग कुरा गरी रहेको मैले सुने ।

मलाई त्यो ‘डम्मी’ शब्द जनकपुरको लागि नौलो पन जस्तै लाग्यो । कुरा गर्दै गरेका प्रहरी अधिकारीलाई मैले दाजु एक छिन कुरा गर्न मिल्छ ? भनेर सोधे ।

उनले मुस्कुराउदै जवाफ फर्काये हजुर भनुस भाई । मेरो पहिलो प्रश्न डमी प्रहरीमाथि नै थियो । जवाफमा उनले ‘वास्तविक प्रहरी त होइन् तर झट्ट हेर्दा चालकले प्रहरी सम्झन्छन जवाफ दिए ।

ट्राफिक प्रहरीले लगाउने लुगानै  लगाएर राखिएको हुन्छ । सबारी चालकलाई गल्ती गर्दा प्रहरीले गरेको कारवाही दिमागमा आउँछ । अनि सचेत बन्छ, यही उद्देश्यले डमी राखिएको हुन्छ,’ । सो प्रहरी ‘देखेपछि केही चालक अवस्य सचेत हुन्छन्’ मण्डलले भने, ‘धनुषा जिल्लामा ट्राफिक सचेतनाको कार्यक्रम पनि प्रायस भइ नै रहेको हुन्छन् । तर, पनि ट्राफिक नियमको उलंघन, सवारी दुर्घटना भने सोचे अनुसार न्यूनिकरण हुन सकेको छैन । 

सयाद धनुषा जिल्ला ट्राफिक प्रहरीको कार्यक्रम प्रभावकारी हुन नसकेर होला । अहिले जनकपुरको हरेक चौकमा जेब्रा क्रसिङ्ग छन् । तर, त्यो नाम मात्रको साइन हो वास्तवमा भने हो भने यहाँ सबारी चालक अनुमति पत्र लिएका सबारी चालकले भने त्यो जेब्रा क्रसिङ्गमाथि नै गाडी पार्क गरी रहेको हुन्छन् ।

नो पार्किंग लेखिएको बोर्डकै अगाडी गाडी पार्क गरिएका दृश्यहरु पनि धेरै पटक सामाजिक सञ्जालमा भाइरल भएको हामिले पाएका छौ । सायद ट्राफिक प्रहरीले गर्नुपर्ने कारबाहीमा खुकुलो पनले होला ।

धनुषाको छुट्ट–छुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी प्रत्येक वर्ष सयौं व्यक्तिले ज्यान गुमाएको तथ्यांक स्वयं ट्रफिक धनुषाले सार्वजनिक गर्दै आएका छन् ।

धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सडक दुर्घटनामा मृत्यु हुने संख्या गत आर्थिक वर्षभन्दा बढी भएको देखिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा मात्रै १ सय १९ सवारी दुर्घटनामा ६२ जनाको मृत्यु भएको । कारबाहीमा खुकुलो पनकै नतिजा हो भन्दा पनि हुन्छ होला मेरो विचारमा । गलती मात्र ट्रफिकको भन्न मिल्दैन । चालक, सडक, सचेतनाको अभाव प्रमुख कारक तत्व हुन जस्तो पनि लाग्छ ।

जनकपुरको मुख्य चौक मानिने भानु चौकमै केहि दिन अगाडीसम्म चारै तिर मोटरसाइकलहरु जथाभावी पार्क गरिएको दृश्य पनि दैनिक रुपमै हेर्न पाइन्थ्यो । तर, रेलवे चौकीमा जय प्रकाश मण्डल आएदेखी सोमा सुधार भएको स्थानीयहरुको कुरा नकारन मिल्दैन ।

यस्तो सुधारहरु जनकपुर भरी नै हुनुपर्ने चाहे ट्राफिकले जस्तो सुकै कदम किन न चाल्नु परोस् । यहाँ गल्ती गरेकाहरुलाई सम्झाई बुझाइ मात्रै छाडेको देखिएको छ । बाढीमा चिट काटेर राजस्व संकलनमा वृद्धि गर्ने गर्छन ट्रफिक ।

जनकपुर अब उपमहानागपालिका मात्र होइन् प्रदेश २ कै केन्द्र पनि हो । अस्थायी राजधानी जनकपुरमा  सघन बस्ती र आबादी पनि बढ्दै गएको छ । तर, धनुषामा जम्मा ५० ट्रफिक प्रहरी रहेको बुझिएको छ ।

कसरी व्यावस्थापन होला ट्रफिक व्यवस्थापन । लाखै जनसंख्या रहेको यस देव भूमिमा डम्मी ट्रफिक प्रहरीको प्रयोग भये धेरै हदसम्म ट्रफिक व्यावस्थापनको समस्या समाधान हुने नै छ साथ साथै स्वयं सेवकको रुपमा खटने व्यक्ति, युवा र विद्यर्थी स्वयंले पनि सचेतनाबारे जानकारी लिने छ ।

डम्मी ट्राफिक प्रहरीको लागि यहाँ रहेका विद्यालय र कालेजसँग धनुषा ट्रफिकले सहकार्य गर्दा बेस उपाय हुने छ ।

प्रतिक्रिया दिनुहोस्