नागरिकता नदिनु संविधान उल्लङ्घन : सांसद यादव



काठमाडौँ : समाजवादी पार्टीका सांसद प्रदीप यादवले जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता दिन माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जन्मसिद्ध नागरिकका सन्तानलाई कानुन नबनुञ्जेल नागरिकता वितरण गर्ने बाटो खोलिदिन आग्रह गरे ।सांसद यादवले संविधानले सबै नागरिकलाई समान भनेपनि व्यवहारमा भेदभाव भएको आरोप लगाए ।

नागरिकता नदिनु आफैमा संविधान र कानुनको उलङ्घन भएको साँँसद यादवको भनाई छ । उनले नागरिकताको अभावमा  नागरिकले राज्यबाट प्रदान गरिने सेवा, सुविधाबाट वञ्चित  भएको भन्दै ध्यानाकर्षण गराए ।

नागरिकता जस्तो संवेदनशील विषयमा कानुन बनाउन ढिलो गर्नु र कानुन नबनूञ्जेल सरकारले परिपत्र जारी गर्दा समेत त्यसलाई पटक पटक रोक्ने गरी भएको आदेशले  नागरिकहरूलाई थप पिडा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्