लिजा हेडन पुन: आमा बन्दै



एजेन्सी : बलिउडकी ‘हट मम्स’ मा लीजा हेडनको नाम पनि समावेश छ। उनी लामो समयदेखि फिल्मबाट टाढा छिन्। तर सोसल मिडियामा उनी निकै सक्रिय छिन्। उनी धेरैजसो आफ्नो हट फोटो सेयर गरिरहन्छिन्। यसका साथै उनी छोरासँग हाइकिंग र स्विमिंगको पनि फोटो पनि चर्चाको विषय बनिरहन्छ।

सोसल मिडियामार्फत् लिजा फलोअर्सलाई आफ्नो व्यक्तिगत र व्यावासायिक जीवनबारे जानकारी दिन्छिन्। उनले आफू दोस्रोपटक गर्भवती भएको खबर सोसल मिडियामार्फत् नै दिएकी छिन्। उनले आफ्ना श्रीमान् डिनो लालवानी र छोरा ज्याक लालवानीसँग एउटा फोटो सेयर गरेकी छिन्।

यसमा उनी स्विमसुट लगाइरहेको देख्न सकिन्छ। स्विमसुटमा लिजाको बेबी बम्प स्पष्ट रुपमा झल्किएको छ। लिजाले अक्टोबर २०१६ मा डिनो लालवानीसँग विवाह गरेकी थिइन्। सन् २०१७ को मे मा उनले आफ्नो पहिलो छोरा ज्याकलाई जन्म दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्