२५ हजार घुससहित इन्जिनियर पक्राउ 



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका ११ काभ्रेका सवइन्जिनियर आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ। श्रेष्ठलाई २५ हजार घुससहित पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

उनले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि घुस लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्