बढी दुर्घटना हुने ठाउँमा बलियो बार निर्माण गर्न सांसद यादवको माग



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर राय यादवले बढी दुर्घटना हुने स्थानहरुमा बलियो बारको निर्माण गर्न सरकारसँग माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले सो माग राखेका हुन् । 

गत साउन २४ गते सर्लाहीबाट काठमाडौंको लागि छुटेको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा दुर्घटना हुँदा १९ जनाभन्दा बढीको मृत्यु थियो भने २१ जनाभन्दा बढी वेपत्ता भएको थियो । 

त्यस दुर्घटनामा मृत्यु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्ति गर्दै सांसद यादवले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

दुर्घटनामा वरिष्ठ अधिवक्ता अरबिन्दु कुमार सिंह र डा. अनिल कुमार मिश्रलगायत वेपत्ता व्यक्तिहरुको अवस्था अहिलेसम्म पनि सार्वजनिक भएको उनले गुनासो व्यक्ति गरे । उनले वेपत्ता व्यक्तिको अवस्था छिटोभन्दा छिटो सार्वजनिक गर्न र  मृत, घाइते र वेपत्ताका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्