बोक्सीको आरोपमा मलमुत्र खुवाउने दुई महिला पक्राउ



जनकपुरधाम : प्रहरीले महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको भन्दै  दुई महिलालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं. ४ की    सुकेश्वरीदेवी दनुवार र इन्दुदेवी दनुवारलाई पक्राउ गरेको हो।

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं. ४ की एक महिलालाई स्थानीय महिलाहरूले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए। मलमूत्र खुवाएपछि पीडित महिलाले आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएकी थिइन्।

जाहेरी दर्ता गराएपछि प्रहरीले तत्कालै २ जनालाई पक्राउ गरेको छ भने २ जना अझै फरार रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्