पूर्वराजदूत झा हत्या प्रकरण : सुरक्षागार्ड तामाङ फेरी पक्राउ



काठमाडौं : पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सानुकान्छा तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेको हो। 

तामाङविरुद्ध झा पत्नीले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन्। गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो।

लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो। झाको हत्या प्रकरणमा तामाङ यसअघि पक्राउ परेर धरौटीमा रिहा भएको महानगरीय अपराध अनुसन्धान मशाहाखाका एसएसपी सहकुल थापाले बताए। 

 

प्रतिक्रिया दिनुहोस्