‘हजार जुनीसम्म’मा प्रियंकाको मायामा हराए आर्यन



काठमाडाैं : चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको केही दिनपछि यसको एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ। ‘तिम्रो मायामा भुलेर’ बोलको गीत चलचित्र रिलिज भएको ४ दिनपछि सार्वजनिक गरिएको हो। सुगम पोखरेलको आवाजमा समावेश यो गीतमा प्रविण पौडेलको संगीत, मानस विक्रम थापाको शब्द छ।

गीतको भिडियोमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ। चलचित्रमा यी दुइको अलवा स्वस्तिमा खड्का, संचिता लुइटेल, सलोन बस्नेत, अखिलेष प्रधान लगायतका कलाकारको मुख्य भूमिका छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन्। चलचित्रमा विकास र सामिप्याराज तिमिल्सिनाको पटकथा तथा संवाद छ।

प्रतिक्रिया दिनुहोस्