मोरङबाट १२ सुन गोहोरोसहित एक जना पक्राउ



विराटनगर : प्रहरीले १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ। मोरङको सुनवर्षी नगरपालिका–८ बाट पथरीशनिश्चरे नगरपालिका–६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाल पक्राउ परेका हुन्।

दुईवटा झोलामा हालेर साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सुन गोहोरो बरामद गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए। सुन गोहोरो संरक्षित सूचीमा परेको घस्रने प्रजातिको वन्यु जन्तु हो। 

पक्राउ परेका धिमालले मासु खानका लागि सुन गोहोरो ल्याएको प्रहरीलाई बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्