टमाटरको जुस पिएर तौल घटाउने की ?



एजेन्सी : अनावश्यक बोसो लागेको भद्दा शरीर कसलाई पो मन पर्ला र मोटो शरीर रोगको घर हो भन्दा अत्युक्ती नहोला। आजकल तौल बढेर सबैलाई समस्या भइरहेको छ। वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउने काम गर्छन् कोहीकोही। तर टमाटरको जुस पिउँदा पनि वजन कम हुन्छ।

जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ। गोलभेंडाले शरीरको मेटाबोलीजम पनि बढाउँछ अनि बोसो गलाउँछ। गोलभेंडाको जुस घरैमा सजिलै बनाउन सकिन्छ।

जुस बनाउने विधि

यसका लागि तपाईं पाकेको दुईवटा टमाटर लिनुस्। यसका साथै आधी चम्चा मरिच र दुई चम्चा मह लिनुस्।

बनाउने तरिका

  • शुरुमा टमाटरलाई मजाले पिँध्नुस् र रस निकाल्नुस्।
  • मरिचको धूलो बनाउनुस्।
  • टमाटरको रस र मरिचको धूलो मजाले फेंट्नुस्।
  • यो मिश्रणलाई एउटा गिलासमा हाल्नुस् र त्यसमा दुई चम्चा मह हाल्नुस्।
  • जुस तयार भयो।
  • यस्तो जुस दिनदिनै बिहान खाली पेटमा पिउनुस्।
प्रतिक्रिया दिनुहोस्