सांसद यादवद्वारा राजीनामा फिर्ता



काठमाडौं : सप्तरी–१ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन्। उनले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले जानकारी दिए।

सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए। तर, समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो।

पार्टी संसदीय दलमा राजीनामा दिनुपर्नेमा संसद सचिवालयमा बुझाएकाले स्वीकृत हुने अवस्था नरहेको र पार्टीको आग्रहमा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक अरबरियाले बताए।

प्रतिक्रिया दिनुहोस्