भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आउने



काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर यही बुधबार काठमाडौं आउने भएका छन्। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आउने भएका हुन्।

संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन्।

बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ। भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्