चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी



चितवन : जिल्लाको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । 

चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमबार बिहान आगलागी भएको हो । आगो बैंकको पहिलो तलाबाट सुरु भएको थियो । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बैंकका म्यानेजर इन्द्रमोहन न्यौपानेका अनुसार आगलागीको कारण र क्षतिको यकिन विवरण खुल्न सकेको छैन् ।

त्यस्तै, चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा पनि आगलागी भएको छ ।

गएराति भएको आगलागीबाट भुइँतलामा रहेको मोबाइल पसल जलेको छ । भरतपुर महानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा आगो  लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्