उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा  



काठमाडौं : उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन्। गोर्खा ब्रुअरीको अन्तशुल्क विवादमा छानबिनमा तानिएपछि अधिकारीले राजीनामा दिएका हुन्।

निष्पक्ष न्याय निरूपण गर्दागर्दै आरोप खेप्नुपरेको भन्दै उनले न्याय परिषद्मार्फत प्रधानन्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन्। गएको साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशहरू जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न आदेश दिएको थियो।

उक्त आदेशअनुसार न्यायपरिषदले सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा एक सदस्यीय समिति बनाएको थियो। उनले समितिमा बयान दिएपछि राजीनामा बुझाएका हुन्। न्याष परिषद्को सिफारिसमा प्रधानन्यायाधीशमार्फत उच्च अदालत पोखरामा नियुक्त भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्