इतिहासका सबैभन्दा ठूला ४ गल्ती यी हुन्



एजेन्सी : मानिसलाई गल्तीको पिण्ड पनि भनिन्छ। अर्थात् गल्ती र मान्छे एक आपसमा पर्यावाची नै हुन्। मान्छेले गल्ती नगर्ने भन्ने हुँदैन। तर कहिलेकाहीँ मान्छेले यस्तो गल्ती गर्दछ कि त्यसको असर भयानक हुन्छ अर्थात् इतिहासमै त्यो गल्तीलाई अभिशापको रुपमा चिनिन्छ। विश्वको इतिहासमा केही त्यस्तै चर्चित गल्तीहरु यी हुन्।

१. रुसका राजा अलेक्जेन्डर द्वितीयले सन् १८६८ मा अमेरिकालाई अलास्का बेचेका थिए। अलास्कालाई केवल हिउँले ढाकिएको क्षेत्र ठानेर केवल ७२ लाख डलरमा रुसी जारले अलास्का क्षेत्र अमेरिकालाई बेचिदिएका थिए। अलास्का खरीद गरेपछि अमेरिकाले त्यहाँ खोज तथा उत्खनन गर्यो। त्यसबाट अलास्कामा हजारौं करोडको सुनचाँदीलगायतका महँगा खनिज पदार्थ प्राप्त भयो। रुसी जारको अलास्का बेच्ने निर्णय इतिहासमा सबैभन्दा ठूलो गल्तीमध्ये एक अवश्य हो।

२. बेलायतको लण्डनस्थित वोकी टोकी भवनको निर्माणको समयमा सिभिल इन्जिनियरले यस्तो भयानक गल्ती गरे कि त्यसको असर निकै भयानक छ। इन्जिनियरिङ्ग गल्तीका कारण उक्त भवनको बाहिरी सिसामा ठोक्किएका सूर्यको किरण तीव्र गतिमा एकत्रित भएर जमिनमा ठोक्किन्छन्। जसका कारण उक्त भवन नजिकै पार्किङ्ग गरिएका कारहरु समेत तातोले पग्लिन्छन्। गल्तीका कारण यो भवन सीधा नभएर घुमाउरो बनेको छ। जसका कारण सूर्यको किरण ऐनामा जस्तै एकत्रित भएर जमिनमा परावर्तन हुन्छ।

३. यदि तपाईं इमेलको पूरानो प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई एक्साइट डट कमका बारेमा अवश्य पनि थाहा होला। किनकि जुन समयमा याहु विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन थियो, त्यस बेलामा एक्साइट दोश्रो ठूलो सर्च इन्जिनको रुपमा थियो। त्यसबेला एक्साइटका सीईओ जर्ज बेललाई गुगल खरीद गर्ने प्रस्ताव आएको थियो। त्यसबेला गुगलको मूल्य केवल ७५ लाख डलरको हाराहारीमा थियो। तर एक्साइटका सीईओले गुगल खरीद गर्न रुचि देखाएनन्। अहिले एक्साइटको नामो निसान छैन र गुगलको आधिपत्य र मूल्यका बारेमा त थाहै होला। त्यसैले गुगल खरीद नगर्ने एक्साइट सीईओ जर्ज बेलको निर्णय पनि इतिहासको ठूलो गल्ती मध्येको एक हो।

४. एप्पल कम्पनीका संस्थापक स्टीभ जब्स र स्टिभ ओज्बिनसँगै अर्का संस्थापक थिए रोन वायन। उनले सन् १९७६ मा आफूसँग रहेको एप्पलको १० प्रतिशत शेयर जम्मा ८ सय डलरमा बेचिदिए। समयक्रमसँगै एप्पलले चमत्कार गर्दै गयो। यदि अहिले वायनसँग त्यो १० प्रतिशत शेयर हुन्थ्यो भने उनी आफ्ना अरु संस्थापक जस्तै करोडपछि हुन्थे। तर ८ सय डलरमा शेयर बेच्दा उनको भागमा पछुतोबाहेक केही रहेन। एप्पलको शेयर बेच्ने वायनको त्यो निर्णय पनि दुनियाँका ठूला गल्ती मध्येको एक मान्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस्