भूत भगाउने भन्दै महिलामाथि त्रिशूल प्रहार



एजेन्सी : भारतको झारखण्डमा रहेको गढवा जिल्लामा शनिवार एक महिला झाँक्रीले एक महिलालाई त्रिशूल रोपेर हत्या गरेकी छन्। मृत महिलाको शरीरबाट भूत भगाउन झाँक्रीले त्रिशूल रोपेको बताइएको छ । झाँक्री आलम देवी र उनका पति सत्येन्द्र ओराओनलाई आइतवार पक्राउ गरिएको छ।

कोनमन्दिरा गाउँकी रुदनी देवी विगत केही दिनदेखि बिरामी थिइन्। तर चिकित्सककहाँ जानु साटो उनको परिवार बिहीवार झाँक्रीकहाँ पुग्यो। आलमले रोगीमाथि तान्त्रिक टुनामुना गरिन् तर उनको स्वास्थ्य सुध्रिएन। 

आलमले पीडितको परिवारलाई पीडिमा बसेको प्रेतात्मा अत्यन्तै शक्तिशाली भएको अनि रुदनी र उनको परिवार झाँक्रीको घरमा केही दिन बस्नुपर्ने बताइन्। ‘शनिवार रुदनीमाथि काला जादू गर्ने क्रममा आलमले रुदनीलाई त्रिशूल रोपेर मारिन्,’ एक प्रहरी अधिकारीले बताए। 

मृत्युलगत्तै रुदनीको परिवारले उनको शरीर लिएर दौडियो। यसको खबर पाएपछि प्रहरीले अधौरा–सपही सडकमा लाश सहित परिवारलाई पक्राउ गर्‍यो। रुदनी देवीको परिवारले प्रहरीलाई सबै कुरा बेलिविस्तार लगायो। 

‘शरीरमा घोचेका अनेकौं घाउ थिए अनि आँखाहरू निकालिएका थिए र नाक पनि भाँचिएको थियो। प्रहरीले हत्यामा प्रयोग गरिएको त्रिशूल जफत गरेको छ,’ प्रहरीले बतायो।

प्रतिक्रिया दिनुहोस्