‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार



एजेन्सी : चलचित्र ‘बादशाह जुट’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ। अब, यो चलचित्र कात्तिकको १ गतेबाट रिलिज हुने भएको छ। चलचित्रको प्रदर्शन मिति यसअघि पनि तय गरिएको थियो, तर काम नसकिएको भन्दै चलचित्र रिलिज हुन सकेन।

जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुक पनि रिलिज भएको छ। चलचित्रको फस्टलुकमा नायक सुशिल श्रेष्ठलाई प्रस्तुत गरिएको छ। अभिषेक शशी कुमारको लेखनमा तयार भएको चलचित्रमा कृष्ण भारद्धाज र कोशिश क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ।

चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङ, दीपक क्षेत्री र कमलमणी नेपालको मुख्य भूमिका छ। हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो चलचित्रका लगानीकर्ता हुन्। एच एण्ड बी फिल्मको प्रस्तुतिमा तयार भएको चलचित्रको निर्माणमा ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेन्मेन्टले पनि सहकार्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्