यस्ता व्यक्तिले खानुहोस् करेला



खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः  

– शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ । 

– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ । 

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ । 

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।

– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।

– करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ । 

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्